ट्रेन्डिङ

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालिन निर्देशक ठाकुर थप ५ दिन हिरासतमा रहने

धनुषा । ठगी प्रकरणमा पक्राउ परेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर थप ५ दिन हिरासतमा रहने भएका छन् ।

जिल्ला अदालत धनुषाले उनलाइ थप ५ दिन थुनामा राख्न आदेश दिएको हो ।

ठाकुरलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउन  धनुषा प्रहरीले आदेश मागेको थियो । सोही बनोजिम जिल्ला अदालत धनुषाका न्यायधिश दिलीप कुकार बर्देवाले बुधबार यस्तो आदेश दिएका हुन् ।

सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको थियो ।

ठाकुरसँगै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अरु तीन जना कर्मचारी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख ठगी गरेको भन्दै उनीहरुलाइ समेत पक्राउ गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै