वीरगन्ज । वीरगन्जमा इकोनोमिक रिपोर्टर्स एशोसियसन (इरा) को भेलाले तदर्थ समिति गठन गरेको छ ।
बिहिबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा बसेको भेलाले शंकर आचार्यको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
यसअघि ओमप्रकाश खनालको संयोजकत्वमा रहेको इकोनोमिक रिपोर्टर्स एशोसिएसनलाई संस्थागत गर्न तदर्थ समिति गठन गरिएको जनाइएको छ । जसको उपाध्यक्षमा अनिल तिवारी, बिमला गुप्ता रहेका छन् ।
यसैगरी सचिवमा निरज पिठाकोटे मगर, सहसचिव माधुरी महतो र कोषाध्यक्षमा कबिता खड्कालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा क्रान्ति साह, सुरेश विडारी, जियालाल साह, राधेश्याम पटेल र अजय चौरसिया रहेका छन् ।
यसअघिका संयोजक ओमप्रकाश खनालले तदर्थ समितिका अध्यक्ष शंकर आचार्यलाई जिम्मेवारी हस्तान्तरण समेत गरेका छन् ।
तदर्थ समितिले तीन महिना भित्रमा संस्थाको विधान मस्यौदा निर्माण तथा संस्था दर्ताको प्रकृया पनि सम्पन्न गर्ने निर्णय गरेको छ । आजको बैठकले नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित संस्थाका निवर्तमान संयोजक ओमप्रकाश खनाल लगायत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना दिने निर्णय पनि गरेको छ ।
त्यस्तै निवर्तमान संयोजक खनाल र पूर्व संयोजक रितेश त्रिपाठीलाई सल्लाहाकारमा मनोनयन गरेको छ ।