वीरगन्ज । नेपाल आयल निगमले मानवसेवा आश्रम वीरगन्जमा सामग्री वितरण गरेको छ । निगमको ५५ औँ वार्षिकोत्सवको अवसरमा सामग्रीहरु वितरण गरिएको हो ।
आश्रममा एक कार्यक्रमको आयोजना गरी ३० थान कम्बल तथा एक थान वासिङ मेसिन उपलब्ध गराइएको जनाइएको छ ।
पर्साका सिडिओ अर्यालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल आयल निगम वीरगन्जका प्रमुख रमेश ज्ञवाली, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी निरीक्षक दिपेन्द्र मल्ल, वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, मानवसेवा आश्रमका अभिभावक प्रकाश थारु, उद्योगपति गणेश लाठ लगाएतकाको उपस्थिति थियो ।
मानवसेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले कार्यक्रम सञ्चालन गरेका थिए ।