ट्रेन्डिङ

जनसेवा नेपाल संस्थाले बाड्यो पर्साको जगरनाथपुरमा न्यानो

वीरगन्ज । जनसेवा नेपाल नामक सामाजिक संस्थाले पर्सामा न्यानो बाडेँको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ बिर्ता टोलमा संस्थाले न्यानो बाडेँको हो ।

बढ्दो चिसोसँगै शितलहरलाई मध्यनजर गर्दै त्यहाँका दलित बालबालिकाहरुका ४५ थान सुइटर र टोपी वितरण गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले बताए ।

राज होजियारीको सहयोगमा जाडोलाई मघ्यनजर गरी ती दलित बालबालिकाहरुलाई सहयोग गरीएको संस्थाका अध्यक्ष बृजेश्वर चाधरीको भनाइ छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष चौघरीसहित सदस्य शुभावती देवी, स्थानीय सन्तोष कुमार राम, सरोज प्रसाद रौनियार लगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै