सर्लाही । मधेस सरकारका गृहमन्त्री राजकुमार लेखीले समाजका विकृति, विसङ्गतीविरुद्ध पत्रकारीता क्षेत्रमा कलम चलाउन अनुरोध गरेका छन् ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशले आज सर्लाहीमा अयाोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो अनुरोध गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले विभिन्न निकाय तथा कार्यलयहरुबाट सेवाग्राहीले सेवा लिन जाँदा हैरानी खेप्नु परेको सुन्ने गरिएको भन्दै यसबारेमा लेख्न आग्रह गरेका छन् ।
राजनीतिक विषय मात्र समाचार हुन भन्ने मान्यता त्याग्न उनको अनुरोध छ । स्थानीय तह, प्रहरी, प्रशासन लगायतबाट हुने सेवा प्रवाहका समाचारलाई प्राथमिकता दिन मन्त्री लेखीले जोड दिए ।
उनले पत्रकारीता गर्ने साथीहरु अल्छी गएको भन्दै व्यंग्य गर्दै एकले अर्काको समाचार तथा समाचारजन्य सामग्री ‘कपीपेष्ट’ गर्ने प्रवृत्ति मौलाउँदै गएको जिकिर गरे ।
मन्त्री लेखीले प्रदेशभरका सञ्चारकर्मीको प्रोत्साहनका लागि प्रदेश सरकारले तत्कालै सम्मान तथा प्रोत्साहनको कार्यक्रम ल्याउन लागेको बताए ।