ट्रेन्डिङ

चिसो खप्न नसकेर सिरहाको एक जनाको मृत्यु

सिरहा । चिसोले कठ्याङग्रिएर सिरहामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका वडा नम्बर ८ निवासी ३५ वर्षका मोहम्मद अक्तर अलि रहेका छन् ।

उनी मधुमेह रोगबाट ग्रसित थिए । बाक्लो तथा न्यानो कपडा र राम्रो बासस्थानको व्यवस्था नहुँदा चिसो खप्न नसकेर उनको मृत्यु भएको उनका परिवारजनले जनाएका छन् ।

उनका छोरा सलमानले आफूहरु गरिब भएकाले न्यानो कपडा र राम्रो बासको व्यवस्था नभएको गुनासो गरेका छन् ।

अत्यधिक चिसो बढेपछि सिरहासहित मधेसका अधिकांश पालिकाहरूले आफू मातहतका विद्यालयहरुमा पठनपाठन बन्द गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै