ट्रेन्डिङ

शहीद परिवारका लागि मधेस सरकारले ल्यायो स्वास्थ्य बीमा कार्यक्रम, कहिलेदेखि लागू ?

धनुषा । शहीद परिवारहरुका लागि मधेस सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ । शहीद परिवारहरुको स्वास्थय सेवामा सुधार ल्याउने उद्देश्यले कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ ।

पुष ९ गतेदेखि नै यो कार्यक्रम लागू भइसकेको गृहमन्त्री राजकुमार लेखीले जानकारी गराए । उनका अनुसार मधेस आन्दोलनका शहीद, माओवादी आन्दोलनको समयमा भएका जनयुद्धका शहीद र जिउँदो शहीद गरी एक हजार ८१ जना शहीद परिवारको यस कार्यक्रममार्फत बीमा गरिनेछ ।

मन्त्री लेखीले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए ।

मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानुनी संशोधनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिए । यस कार्यदलले स्थानीय तहहरूको संरचनामा सुधारका लागि मस्यौदा तयार पार्नेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै