ट्रेन्डिङ

नेशनल प्याब्सन बाराले पुष २७ गते रक्तदान कार्यक्रम गर्ने

बारा । नेशनल प्याब्सन जिल्ला कार्यसमिति बाराले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

२७ औँ स्थापना दिवसको अवसरमा पुष २७ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । कलैयाको भरत चौकमा रक्तदान गर्ने नेशनल प्याब्सन जिल्ला अध्यक्ष प्रभुलाल कुश्वाहाले जनाएका छन् ।

बिहान १० बजेदेखि कार्यक्रम सुरु हुने उनको भनाइ छ । उनले कार्यक्रममा सहभागी रक्तदान गर्न सम्पूर्णका अनुरोध गरेका छन् ।

के–के छन् रक्तदानको फाइदा ?

अध्यक्ष कुश्वाहाका अनुसार रक्तदान गर्दा व्यक्तिगत स्वास्थ्य र समाज दुबैका लागि निकै फलदायी हुन्छ । रक्तदानले हृदयघात, स्ट्रोक जस्तो विरामीबाट सुरक्षित राख्छ । रक्तदान गरेपछि रगत पातलो हुन्छ, जो मुटुको लागि राम्रो मानिन्छ ।

रक्तदानले शरीरमा आयरनको मात्रा सन्तुलित हुन्छ, जसले क्यान्सर र लिभरको समस्याबाट बच्नमा सहयोग गर्छ । यसका केही मुख्य फाइदाहरू यसप्रकार छन् ।

व्यक्तिगत फाइदाहरूः

१. स्वास्थ्य लाभः

रक्तदान गर्दा पुरानो र कम उपयोगी रक्त कोशिकाहरू हट्छन् र नयाँ रक्त कोशिकाहरू निर्माण हुन्छ, जसले रगतलाई स्वस्थ बनाउँछ । शरीरमा फलाम (क्ष्चयल) को मात्रा सन्तुलनमा रहन्छ, जसले फलाम बढी हुँदा हुने रोगहरूको जोखिम कम गर्दछ।

२. हृदय रोगको जोखिम कम हुन्छः

रक्तदानले शरीरमा फलामको मात्रा सन्तुलित राख्न मद्दत गर्छ, जसले हृदयसम्बन्धी रोगको जोखिम घटाउँछ ।

३. क्यालोरी घटाउन मद्दतः

रक्तदान गर्दा केही क्यालोरी बर्न हुने भएकाले तौल व्यवस्थापनमा सहयोग पुग्न सक्छ ।

४. नियमित स्वास्थ्य परीक्षणः

रक्तदान गर्नु अघि स्वास्थ्य परीक्षण गरिन्छ, जसबाट आफ्नो स्वास्थ्यको बारेमा जानकारी लिन सकिन्छ ।

समाजमा योगदानः

१. ज्यान बचाउन सहयोगः

रक्तदानले गम्भीर बिरामी, शल्यक्रिया, दुर्घटना र रक्तअल्पता भएका व्यक्तिहरूलाई नयाँ जीवन दिने काम गर्छ ।

२. समाजप्रति उत्तरदायित्वः

रक्तदान गरेर मानिसले आफ्नो समाजप्रति योगदान गर्न सक्छ, जसले मानवीय सम्बन्धलाई सुदृढ बनाउँछ।

३. रक्तको आपूर्ति कायम राख्न मद्दतः

अस्पताल र रक्त बैंकमा रगतको अभाव हुन नदिन महत्त्वपूर्ण भूमिका खेल्छ ।

अन्य लाभः

१. मानसिक सन्तुष्टिः

अरूको जीवन बचाउन पाउँदा मनमा सकारात्मक भावना र सन्तुष्टि हुन्छ।

२. समाजमा उदाहरणीय व्यक्तित्वः

रक्तदानले तपाईंलाई समाजमा जिम्मेवार र सकारात्मक व्यक्तिको रूपमा स्थापित गर्न मद्दत गर्दछ ।

कस्ता व्यक्तिले रक्तदान नगर्ने ?

रक्तदान गर्ने व्यक्ति स्वस्थ हुनुपर्छ र पर्याप्त रगत हुने अवस्थामा मात्र रक्तदान गर्नुपर्छ ।

जो व्यक्तिमा एचआइएभी, एड्स, हेपाटाइटिस, सिफलिस देखिएको खण्डमा त्यस्ता व्यक्तिहरुले रक्तदान गर्न सक्दैनन् ।

रक्तदान गर्नुभन्दा १४ दिन पहिला नै रक्तदान गर्ने व्यक्तिहरु त्यूता संक्रमणबाट मुक्त हुन अत्यन्तै जरुरी हुन्छ । यदि कसैले कुनै पनि प्रकारको औषधि प्रयोग गरिरहेको छ भने पनि रक्तदान गर्नु भन्दा ७ दिन पहिला नै त्यस्ता औषधिहरु बन्द गर्नु पर्ने हुन्छ । औषधिसँग जोडिएको नियम भने प्रत्येक क्षणमा लागु हुने गर्दछ ।

यद्यपी कोही गर्भवती छ, स्तनपान गराइरहेको छ वा भर्खरै मात्र बच्चा पाएको छ भने त्यस्ता महिलाले रक्तदान गर्नुभन्दा पहिला आइरन जाँच गर्न जरुरी हुन्छ । जसका लागि उनीहरुले केही समय कुर्नुपर्ने हुन्छ ।
तसर्थ नियमित रक्तदानले शरीरलाई कुनै नोक्सान गर्दैन त्यसैले रक्तदान ‘जीवनदान हो भन्ने कुरा कहिल्यै बिर्सनु हुँदैन’, उनले भने ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै