पर्सा । जय ट्रफी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल पुलिस क्लव बिजयी भएको छ ।
वीरगन्जमा भएको खेलमा पुलिस क्लवले मधेस प्रदेशलाई पराजित गरेको हो । पुलिसले एक इनिङस र ३५ रनको अन्तरले मधेसलाई पछि पारेको हो ।
प्रतियोगिताको दोस्रो दिन आज मधेसले आफ्नो दोस्रो पालीमा ९४ रन बनाएर अलआउट भएपछि पुलिसले जित निकालेको हो । दोस्रो पालीमा मधेस प्रदेशका ब्याट्सम्यानहरु ३२ ओभर २ बल मात्र खेले ।
त्यसअघि पुलिस क्लवले पहिलो पालीमा मधेस प्रदेशसँग एक सय २९ रनको अग्रता बनाएको थियो । आजको खेलमा पुलिसले चार विकेटको क्षतिमा दुइ सय ५८ रन बनाउँदै पहिलो पाली समाप्ती जनायो । त्यस क्रममा ब्याट्सम्यानहरुले ५९ ओभरको ब्याटिङ गरेका थिए ।
त्यसअघि पहिलो पालीमा मधेस प्रदेशले एक सय २९ रन बनाएर आउट भएको थियो । त्यस बेला मधेसका ब्याट्सम्यानहरुले ४२ ओभर ४ बल खेले ।