ट्रेन्डिङ

राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले भन्यो – चीनमा गएको भुकम्पले कुनै मानवीय क्षति भएको छैन

काठमाण्डौँ । चीन केन्द्रबिन्दु भएर गएको ७ म्याग्निच्युडको भुकम्पबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ । तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा उक्त भूकम्प गएको थियो ।

भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रले विज्ञप्ति जारी गर्दै सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको बताएको छ ।

यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रको भनाइ छ ।

कडा धक्का महसुस भएको जिल्लामा हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । तर केही स्थानमा भवनहरु चर्किएको विवरण भने प्राप्त भएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै