ट्रेन्डिङ

एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक दक्षिण अफ्रिकालाई हरायो

काठमाडौँ । एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

जारी एकदिवसीय सिरिजको पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।
दक्षिण अफ्रीकाले दिएको १०७ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अल आउट हुदै केवल १०६ रन बनाएको थियो ।

जितपछि अफगानिस्तान २ खेलको सिरिजमा १–० ले अगाडि रहेको छ । युएईको शारजहामा जारी सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै