ट्रेन्डिङ

सार्वजनिक लेखा समितिका सभापतिका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी

काठमाण्डौँ । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय सचिवअनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो ।

ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा प्रहरीले पक्राउ गरी अनुमति माग गरेको थियो । आज अदालतले पोखरेललाई पक्राउ गर्न अनुमति दिएको छ।

एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै