ट्रेन्डिङ

घण्टाघरको विपी उद्यानमा लाग्ने बजार हट्ने, अब नयाँ बजार नगवामा लगाउने महानगरको तयारी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा कृषि बजार तयार पारिएको छ । करिब दुइ करोड ५० लाख रुपैँया लागतमा सुविधा सम्पन्न कृषि बजार तयार पारिएको हो ।

महानगरले एघार कठ्ठा ५० धुर जग्गामा तरकारी तथा फलफूल बजार निर्माण गरेको हो । जसअनुसार घरसहित ८ वटा सेड, शौचालय तथा गार्डरुम निर्माण गरिएको हो ।

महानगरका इन्जिनियर प्रकाश अधिकारीका अनुसार कृषि बजार निमार्णको सम्झौता दिप तामाकोशी कन्ट्रक्सन प्रालीसँग ०८० जेठ ३१ गते गरेको थियो ।

निर्माण अघि ३ करोड अनुमानित बजेट छुट्याइएकोमा दुइ करोड ४८ लाख ७७ हजार ९९५ रुपैँयामा तयार भएको उनको भनाइ छ । महानगरपालिकाले व्यवस्थित बजार बनाई सक्दा पनि बजार कहिले संचालनमा आउने हो भने स्थानीहरुको प्रश्न छ ।

तर नगरपालिकाले यसको कारण भने तरकारी तथा फलफुल व्यवसायीहरुको छलफल भए पछि मात्र संचालनमा आउने जनाएको छ ।

बजार सर्दा व्यवसायी तथा किसान दुःखी

विपी उद्यानको बजार सार्नुपर्दा व्यवसायीहरु निराश बनेका छन् । चहलपहल भएको तथा लामो समयदेखि त्यहाँ बजार गर्दै आएका व्यवसायीहरु नयाँ ठाउँमा जानुपर्दा निराश देखिाएका हुन् ।

महानगरपालिकाले एकान्त ठाउँमा बजार सारेकाले व्यापारमा समस्या आउन सक्ने किसान तथा व्यवसायीहरु पिरोलिएका छन् । स्थानीय किसान गोकुल महतो वीरगन्जको मुल क्षेत्रको लाग्दा किनमेलका लागि व्यापारी तथा स्थानीयहरुको भीड हुने गरेको बताउँछन् ।

नवनिर्मित कृषि बजार व्यवस्थित भएपनि व्यापारी नहुने हो की भन्ने चिन्ताले उनी सताइएका छन् । उनी भन्छन्, ‘कृषि बजार वीरगन्ज महानगरले पूरै व्यवस्थित तरिकाले तयार पारेको छ, तर व्यापार भएन भने हामी के गर्ने रु हाम्रो मिहिनेत खेर जाँदैन र रु त्यहाँ पनि बजार लगाउँदा शूलक तिर्नेपर्ने हुन्छ, तर व्यापार भएन भने कसरी गर्ने रु हामीलाई क्षर्तीपूर्ति कसले दिन्छ रु।’
‘यो समस्याको समाधान महानगर स्यवम्ले निकाल्दिनुपर्छ । शूल्कमा केहि महिनाका लागि छुट दिने हो भने पनि केहि राहत पुग्थ्यो,’ उनले भने ।

अर्का एक व्यापारी यहाँ बजार लगाउँदा ‘सेन्टर’ पर्ने भएकाले राम्रो व्यापार हुने गरेको बताउँछन् । नयाँ अर्थात् कृषि बजारमा कस्तो हुने हो भन्ने खुलदुली भएको उनको जिकिर छ । यद्यपी व्यापार नगरी भान्सा नचल्ने भन्दै उनी भन्छन्, ‘अब हेरौँ जे पाएका छौँ, त्यहिअनुसार गर्ने प¥यो । नभए घर चलाउन सकिदैँन । व्यापार राम्रो होस् यति सोचमात्र छ ।’

कृषि बजार व्यवस्थापनमा महानगर

वीरगन्ज महानगरपालिकाले नवनिर्मित बजार व्यवस्थापनका लागि हरतरिकाले कोसिस गरेको छ । किसान तथा व्यापारीलाई कुनै असहज नहोस् भन्ने उद्देश्यले सुविधायुक्त बजार निर्माण गरेको बताएको छ ।
यद्यपी कृषि बजारमा सञ्चालनका लागि व्यापारीहरुले सुरुमा विपी उद्यान खाली गर्नुपर्ने हुन्छ, त्यसका लागि महानगरले पटकपटक सूचना पनि निकालिसकेको छ ।

जहाँ लेखिएको थियो, ‘१५ दिनभित्र यहाँको जग्गा खाली गराई कृषि बजारमा जानुहुन अनुरोध गरिन्छ ।’ तर उनीहरुले यो सूचनाको अवज्ञा गरे अर्थात् विपी उद्यान खाली गराएनन् । त्यसपछि महानगरले पुष १२ गते पून सूचना जारी गरेको छ । यो सूचनामा भने ७ दिनको मात्र समय दिइएको छ । यसपछि पनि विपी उद्यान खाली नगराए महानगर ‘एक्सन’ मा उत्रिने जनाइन्छ ।

नगरप्रमुख राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार वीरगन्जलाई मेट्रोपोलिसन सिटी बनाउने लक्ष्य छ । जसअनुसार विपी उद्यानको जग्गामा पार्क बनाउने निर्णय समेत भइसकेको छ, त्यसका लागि यो बजार सार्नुको विकल्प नभएको उनको भनाइ छ ।

सुरुमा किसान, व्यापारी तथा सर्वसाधारण पायक नपर्ने भएपनि विस्तारै चाजोमाझो मिल्दै जानेमा उनी विश्वस्त छन् । विपी उद्यानको जग्गामा पार्क निर्माण गर्ने अदालतको आदेश भएको उनी सुनाउँछन् ।
‘यहाँको बजार हटाउनु हाम्रो रहन हैन । अदालतले नै यो जग्गामा पार्क बनाउन आदेश दिइसकेको छ ।

पूर्वमेयर बिजय सरावगीले त्यहाँ कंक्रिटको ढलान गराउनुभयो, त्यसपछि त्यो विषयमा मुुद्दा प¥यो । मुद्दाको फैसला भने महानगरको पक्षमा भयो । तर आदेश बजार सञ्चालनका लागि नभई त्यहाँ पार्क बनाउन भनि आयो । त्यहिकारण नयाँ ठाउँमा सुविधासम्पन्न बजार तयार पारेका छौँ ।’

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै