ट्रेन्डिङ

शिक्षाको जग मजबुत बनाउन योजनाबद्ध काम थाल्नुपर्छ : मुख्यमन्त्री सिंह

महोत्तरी : मधेस सरकारका मुख्यमन्त्री सतिश सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि आवश्यक रहेको बताएका छन् ।

शुक्रबार महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय परिसरमा दृष्टिविहीन छात्रछात्राका लागि निर्मित छात्रावास भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारले शिक्षाको जग मजबुत बनाउन आधारभूत तहकै शिक्षामा योजनाबद्ध काम थाल्नु पर्ने निष्कर्षमा पुगेको बताएका हुन् ।

राज्यले उपल्लो तहको शिक्षामा बढी लगानी गरे पनि आधारभूत र माध्यमिक तहमा राम्रो हुन नसक्दा अपेक्षित उपलब्धि हासिल नभएको उनले उल्लेख गरे ।

छाया नेपाल नामक संस्थाले दृष्टिविहीन छात्रछात्राका लागि आठ कोठाको दुई तले भवन ९९ लाख ३७ हजार लागतमा निर्माण गरी आज विद्यालयलाई हस्तान्तरण गरेको हो । यस विद्यालयको दृष्टिविहीन छात्र बासमा हाल १९ जना छात्रछात्रा छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै