ट्रेन्डिङ

बेलायतको संसद भवनभित्र सम्बोधन गर्न कांग्रेस नेता डा. कोइराला ९ जनवरीमा बेलायत जाँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत जाँदैछन् ।

त्यहाँको संसद(वेस्ट मिनिस्टर) मा संबोधन गर्ने कार्यक्रम तय भएको हुनाले उनी त्यहाँ जान लागेको जनाइएको छ ।

कांग्रेस नेता डा. कोइरालाको यही १३ जनवरीमा  संसद भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा संवोधन गर्ने कार्यक्रम छ ।

संसदको त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहनेछ । 

नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

बेलायतको संसद भवनभित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई संवोधन गर्ने अवसर पाउने कोइराला पहिलो नेपाली नेता रहेको बताइन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै