काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । त्रिविको ५० औँ दीक्षान्त समारोहमा १४ हजार ३०८ बढी विद्यार्थी दीक्षित भएका हुन् ।
प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिविको ५०औं दीक्षान्त समारोहमा गोल्ड मेडलिस्ट विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरे।
समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी भएका थिए। सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ । गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ। ।
स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि९पिएचडी० तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विभिन्न १७ वटा विधाका पुरस्कार वितरण गरिएको थियो ।
समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहेको थियो ।