वीरगन्ज । प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ८ नकाटुवा टोलका शेख आजाद र हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ निवासी विदन कुमार भुजेल छन् ।
प्रहरी चौकी हटिया मकवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई हेटौँडा–१७ हटिया दाविलेस्थितबाट पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले विदनको घरमा उनीहरुलाई जाँच गरेको थियो । सोही क्रममा उनीहरुको साथबाट खैरो हेरोइन जस्तो देखिने धुुलो पदार्थ दुई ग्राम ५४० मिलिग्राम फेला पारेको मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ परेकाहरुमाथि जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।