ट्रेन्डिङ

वीरगन्जको आदर्श माविमा ‘क्रिसमस सेलेब्रेसन कार्यक्रम’

वीरगन्ज । वीरगन्ज आदर्शनगरस्थित श्री आदर्श माध्यमिक विद्यालयमा ‘क्रिसमस सेलेब्रेसन कार्यक्रम’ सम्पन्न भएको छ । लायन्स क्लव अफ वीरगन्ज सेन्ट्रलको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयको सभाहलमा भएको कार्यक्रममा पीजी कक्षाका बालबालिकाहरुलाई विभिन्न गेम खेलाइएको थियो । सो अवसरमा स्टेशनरी सामान, क्रिसमस टोपी, चकलेट दिदौ केक काटेर सांस्कृतिक कार्यक्रमसहित उत्सव मनाइएको थियो ।

लायन्स क्लब अफ वीरगन्जकी अध्यक्ष रेखा वैद्यको आतिथ्यतामा भएको कार्यक्रममा सीता अग्रवाल, आशा अग्रवाल, मिरा खेतान, कबिता हलालका, राजु जैन, राम बिनय पाण्डे, आदर्श माविका पीजी ग्रुपका प्रिन्सीपल मौसम भंगर लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै