काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सले तेस्रो विकेट गुमाएको छ । लाहिरु मिलन्था ८७ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
सुदूरपश्चिम रोयल्सका स्कट कुगेलाइनले विकेट लिन सफल भए । १५।३ ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको छ । सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।