ट्रेन्डिङ

एनपीएल : जनकपुरलाई एक सय ८५ रनको लक्ष्य

काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधीका लागि जनकपुर बोल्टर्सले एक सय ८५ रनको लक्ष्य पाएको छ । जारी फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुरलाई एक सय ८५ रनको लक्ष्य दिएको हो ।

खेलमा सैफ अली जैबले ६९ रन बनाएपछि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य पेश गरेको हो । ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का मदतमा सर्वाधिक ६९ रन बनाएका हुन् ।

अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन जोडे । जैब र विनोदले पहिदलो विकेटका लागि १२ ओभरमा ११७ रनको साझेदारी गरेका थिए ।

ओपनरले राम्रो सुरुवात दिलाएपनि मिडल अर्डर र लोअर अर्डरले राम्रो कन्ट्रिब्युट गर्न सकेनन् । बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिए ।

सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएको थियो । जनकपुरका ललित राजवंशीले ४ ओभरमा १ मेडन राख्दै १५ रन मात्र खर्चेर १ विकेट लिए । उनले किफायती बलिङ गरेका हुन् ।

जारी एनपीएलमा ललितले सर्वाधिक ५ मेडन फालेका छन् । उनी १७ विकेटका साथ सर्वाधिक विकेट लिनेमा अघि छन् ।

बलिङ गर्न बाँकी सुदूपश्चिमका स्कट कुगेलेइनले १६ विकेट लिएका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै