काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल अहिले केहिबेरमा सुरु हुँदैछ । खेल मध्यान्ह सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुदैँछ ।
एनपीएलको उपाधीका लागि उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ ।
सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।
दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।