ट्रेन्डिङ

विद्यार्थीहरुले किन गरे पर्साको बहुदरमाइ नगरपालिकाको कार्यालयमा तालाबन्दी ?

वीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकामा आज विद्यार्थीहरु तालाबन्दी गरेका छन् । पठनपाठनको माग गर्दै बहुदरमाइ नगरपालिका वडा नम्बर–४ स्थित नेपाल राष्ट्रिय उच्च माविका विद्यार्थीहरुले नगरपालिकाका तालाबन्दी गरेका हुन् ।

लामो समयदेखि तलब नपाएपछि शिक्षकहरु विद्यालय बन्द गरेपछि आक्रोशित विद्यार्थीहरुले बिहीबार विहान नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको वडा नम्बरका वडाअध्यक्ष सुरेन्द्र यादवले बताए । सो क्रममा उनीहरुले नगरपालिका कार्यालय घेराउ गर्दै तोडफोड समेत गरेका थिए ।

उनका अनुसार करिब ६ महिनादेखि शिक्षकहरुले तलब पाएका छैनन्, त्यही रिसले शिक्षकहरुसँग सल्लाह गरेर आजदेखि पठनपाठन ठप्प पारे ।

उनी भन्छन्, ‘शिक्षकहरु एकाएक विद्यालय बन्द गरेपछि विद्यार्थीहरु पनि आक्रोशित भए, त्यसपछि उनीहरुको टोली संयुक्तरुपमा आएर नगरपालिकाको कार्यालयमा तालाबन्दी ग¥यो । त्यो ताल्चा अहिलेसम्म खुलाइएको छैन ।’

मेयर सिंगासन साह तेलीले बजेटमा अख्तियारी नदिँदा नगरपालिकाको खाता सञ्चालन हुन सकेको छैन ।

लामो समयदेखि शिक्षक, कर्मचारी तथा ज्येष्ठ नागरिकहरुले भत्तासमेत लिन नसकेको वडाअध्यक्ष यादवको भनाइ छ । नगर परिषद् भइसक्दा पनि मेयर तेलीले बजेट खर्चको अख्तियार प्रदान नगर्दा विवाद उग्ररुप लिँदै गएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै