ट्रेन्डिङ

मलखादमा हुने कालोबजारी रोक्न माग गर्दै खबरदारी जुलुस

सप्तरी । मलखादमा हुने गरेको कालोबजारीविरुद्ध सप्तरीमा खबरदारी जुलुस निकालिएको छ ।

जिल्लाको राजविराज नगरपालिकामा जनमत पार्टीका नेता, कार्यकर्ताहरुले आज जुलुससहित प्रदर्शन गरेका हुन् । उनीहरुले कृषि औजारसहित राजविराज खाद डिलरको कालोबजारी विरुद्ध विरोध जनाएका हुन् ।

‘पर्याप्त मलखाद किन वा किन्न देउ’, ‘खाद डिलरको कालोबजारी बन्द गर’, ‘किसानलाई मलखाद समस्या समाधान गर’, ‘कालोबजारी गर्ने डिलरलाई कारबाही गर’, ‘मलखाद वितरणमा विभेद अन्त गर’, ‘किसानको माग सम्बोधन गर’ लगायतका नारा लगाइएको थियो । सो क्रममा प्रदर्शनकारीहरुले नगरका विभिन्न भागको परिक्रमा गरेका थिए ।

¥यालीमा जनमत पार्टी मधेस प्रदेश समितिका संसदीय दलका नेता महेश प्रसाद यादव, हनुमान नगरकंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्रकुमार माझी, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, जिल्ला इन्चार्ज रामगमन साह उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै