ट्रेन्डिङ

एनपीएल : जनकपुर बोल्टर्स फाइनलमा, उपाधीका लागि सुदूरपश्चिमसँग भिड्ने

काठमाण्डौँ । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको फाइनलमा स्थान बनाएको हो ।

बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी छदाँ ८ विकेट गुमाएर भेट्टायो ।

जनकपुरले अब उपाधिका लागि सुदूरपश्चिम रोएल्सको सामना गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

सुदूरपश्चिमले जनकपुरलाई नै क्वालिफायरमा वानमा पराजित गर्दै फाइनल पुगेको थियो ।

जनकपुरका लागि जिमी नीशमले १७ बल खेल्दै २ चौका र ५ छक्काको मदतमा सर्वाधिक ४५ रन बनाए ।

शेर मल्लले अविजित १६ रन जोडे । शेरले १० बल खेल्दा १ छक्का प्रहार गरे । हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन जोडे ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै