ट्रेन्डिङ

विदेश पठाउने भन्दै २२ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं। विदेश पठाउने भन्दै २२ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारधाम नगरपालिका–४ घर भएका ३८ वर्षीय राजकुमार चौधरी, धनुषाकै मटिहानी नगरपालिका–९ घर भएका ३९ वर्षीय रुपेश कुमार चौधरी छन् ।

उनलाई क्रमश काँडाघारी र टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।

बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै रकम उठाएर ठगी गरेको आरोप उनीहरुमाथि छ ।

राजुले २ जनाबाट ६ लाख ३० हजार र रुपेशले १ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै