काठमाडौँ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरु मा प्रवेश गरेको छ । बुधबार भएको एलिमिनेटरु खेलमा कर्णाली याक्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजलाई २१ रनले हरायो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो। जवाफमा चितवन राइनोजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक सय ५४ रनमात्र बनाउन सक्यो ।
यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण थियो । यो खेलमा पराजित भएको टोली चितवन राइनोज भने उपाधि होडबाट बाहिरिएको छ । अब कर्णाली याक्सले भने पहिलो ुक्वालिफायरु खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो ुक्वालिफायरु खेलमा भिडन्त गर्ने अवसर पाएको छ ।