काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँ सहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुबेदी रहेका छन् ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले प्रदेश।३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो ।
यता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ नौडिहवाबाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित भारत महराजगंज सुनौली घर भएका ४८ वर्षीय डिम्पल भन्ने अंगद कुमार गुप्तालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ल्बदष् िदबलप
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले लु।८८ प ५१६० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।