ट्रेन्डिङ

राजविराज–रुपनी र कठौना–पातो सडकखण्डमा चक्काजाम

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–९ मलेठस्थित राजविराज–रुपनी र कठौना–पातो सडकखण्डमा मङ्गलबार चक्काजाम गरिएको छ । सडक निर्माण तथा धुलो नियन्त्रणको माग गर्दै मध्यान्ह १२ बजेदेखि स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

सडकमा टायर बालेर तथा बाँस तेर्साएर सडक अवरुद्ध गरि स्थानीयले विरोध प्रदर्शन गरेपछि उक्त बाटो भएर चल्ने सवारी साधनहरु बाटोमै रोकिएको थियो । शान्तिपूर्ण रुपबाट सुनुवाइ नभएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेपछि यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् ।

भत्काएर छोडिएको सडकमा धुलो उड्न नदिन ठेकेदारलाई पानीको व्यवस्था गर्न लगाउनुपर्ने, सडक निर्माणको कार्य तुरुन्तै सुरु गर्नुपर्नेसहितका माग राखी आन्दोलनमा उत्रिएको बताइएको छ ।

निर्माण कम्पनीले सडक भत्काएर छोडेपछि सवारीसाधन आवतजावत गर्दा धुलो उडेर घरभित्रै परेर समस्या भएपछि पानीको व्यवस्था गर्न माग राखी आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ ।

सडक अलपत्र छोड्दा प्रदूषण बढेर पर्यावरण बिग्रिएकोले धुलो नियन्त्रणका लागि ठेकेदारलाई पटकपटक भन्दा पनि सुनुवाइ नहुँदा सङ्घर्षमा उत्रिएको स्थानीय युवा शैलेन्द्र यादवले बताउनुभयो ।
ठेकेदार सञ्जीव साहलाई आफूहरुको समस्याबारे ध्यानाकर्षण गराउँदा मोबाइल अफ गरेर बस्ने गरेको आरोप छ ।

स्थानीय प्रशासनले माग पूरा गर्न पहल गर्ने आश्वासन दिए पनि समस्या ज्यूकात्यूँ रहेकोले फेरी सडक जाम गर्न बाध्य भएको उनको जिकिर छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै