काठमाण्डौँ । जनकपुर बोल्ट्र्स र सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमिएर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेल्ने भएका छन् ।
लिगको अन्तिम खेलमा आज सुदूरपश्चिमले कर्णाली याक्सलाई पराजित गरेसँगै प्लेअफको समिकरण निर्धारण भएको हो ।
यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने तय भएको छ ।
लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।