ट्रेन्डिङ

एनपीएलमा जनकपुरको पहिलो हार, सुदूरपश्चिम ७२ रनले बिजयी

काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्र्स पहिलो पटक हारेको छ ।

बुधबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको हो ।

अहिलेसम्म अपराजित रहँदै आएको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले ७२ रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा सीमित भयो ।

दुवै टोलीले पाँच खेल खेलेका छन् । जसमा दुवैले चार जित र एक हार व्यहोरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै