ट्रेन्डिङ

९ किलो गाँजासहित श्रीमान् श्रीमती पक्राउ

वीरगन्ज । ९ किलो लागू औषध गाँजासहित मकवानपुरबाट श्रीमान् श्रीमती पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित मनहरी बजारबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर ४ झ्याके बस्ने ५२ वर्षका प्रताप सिंह मोक्तान र उनकी श्रीमती ५० वर्षीया राममाया मोक्तान रहेका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीको टोलीले शंकास्पद रुपले हिडिँरहेका उनीहरुलाई रोकेर जाँच गरेको थियो । सोही क्रममा उनीहरुले झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा लागु औषध गाँजा बरामद भएको मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुको साथबाट ९ किलो ८५० ग्राम गाँजा फेला परेको छ ।
उनीहरुमाथि लागु औषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनायो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै