ट्रेन्डिङ

रवि लामिछानेको समर्थनमा वीरगन्जमा जुलुस, प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी

ब्यारेकेटिङ गर्दै प्रहरीले अपनायो सुरक्षा सतर्कता

वीरगन्ज । राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रबि लामिछानेका समर्थकहरुले बीरगन्जमा जुलुस निकालेका छन् ।

मंगलबार विभिन्न नारा लगाउँदै समर्थकहरुले जुलुससहित प्रदर्शन गरेका हुन् । उनीहरुले ‘रवि दाई हाई हाई’, ‘केपी चोर देश छोड’, ‘केपी तेरो पाराले दुख पायो साराले’, ‘८७ अर्बको छानबिन गर’, ‘रवि दाईलाई न्याय दे’, ‘रवि दाईलाई रिहा गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै जुलुस निकालेका हुन् ।

क्लासिक ब्यांक्वेटबाट निकालिएको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । जुलुससहित प्रदर्शनमा उत्रिएका समर्थकहरुले बिना शर्त सभापति लामिछानेलाई रिहाईको माग समेत गरेका छन् ।

जुलुसका क्रममा प्रहरी तथा प्रदर्शनकारीबिच धकेलाधकेल समेत भएको थियो । जिल्ला प्रहरी पर्सा अगाडी उनीहरुले नाराबाजी गर्दै ब्यारेकेटिङ टोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबचि घम्साघम्सी भएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

यसअघि रास्वपा समर्थकहरुले सोमबार पनि प्रदर्शन गरेका थिए । उनीहरुले सभापति लामिछानेलाई सिमराबाट बीरगन्ज ल्याउँदै गर्दा जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

यता रवि लामिछानेलाई आवश्यक अनुसन्धानका लागि बीरगन्ज ल्याइएसँगै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले जिल्लाका फरकफरक स्थानहरुमा हुन सक्ने हुलदंगालाई मध्यनजर गर्दै ठाउँठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई परिचालन गरेको जानकारी दिएको छ ।

 

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै