ट्रेन्डिङ

रवि लामिछाने सिमरा विमानस्थलमा, समर्थकले घेरे प्रहरीको गाडी

बीरगन्ज । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सिमरा ल्याइएको छ । उनी आएको बुद्ध एयरको विमान ४ बजेर २५ मिनेटमा काठमाण्डौँबाट सिमरा ल्याण्ड भएको हो ।

काठमाण्डौँबाट साढे २ बजेको बुद्ध एयरको विमानबाट सभापति लामिछानेलाई ल्याउने तयारी भएकोमा करिब २ घण्टा पछिमात्र सिमरा अवतरण भएको हो ।

सानो पाइला बचत तथा क्रृण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि यहाँ ल्याइएको हो । उनलाई सिमरा विमानस्थल हुँदै सवारीमार्फत बीरगन्ज ल्याइने तयारी प्रहरीको छ ।

यसैबिच रास्वपा समर्थकहरुले लामिछाने सवार प्रहरीको गाडी घेराउ गरी नाराबाजी समेत गरिरहेका छन् । भने प्रहरीले कडा सुरक्षा व्यवस्थाबिच सभापति लामिछानेलाई बीरगन्ज ल्याउँदैछ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै