काठमाडौँ । मोरङसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
मोरङ, बिराटनगर महानगरपालिका(७ हाटखोला बसपार्कस्थित सडकमा को।१ ख ३४८० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री कानेपोखरी गाउँपालिका(२ मैनाबारी बस्ने २६ वर्षीय माने भन्ने मान बहादुर लिम्बुको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका(९ सलकपुरस्थित सडकमा प्र।१(०२(०५४ प ३५५८ नम्बरको स्कुटरलाई ना।७ ख ३२२३ नम्बरको टिपरले आइतबार राति ठक्कर दिँदा स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका(३ हसनदह बस्ने ४४ वर्षीय एम बहादुर रायमाझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लम्जुङ, मर्स्याङदी गाउँपालिका(६ ठुलबेसिस्थित सडकमा ग।१ त ६१४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा सहचालक दुधपोखरी गाउँपालिका(२ भुम्लिचोक बस्ने २५ वर्षीय मेग राज लामाको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी, शम्भुनाथ नगरपालिका(१० जमुवास्थित सडकमा रोकी राखेको स।१ त ५०९८ नम्बरको ट्याक्टरमा स।५ प ९१८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका(११ राजपुर बस्ने ४५ वर्षीय जितेन्द्र भगतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बारा, आदर्शकोतवाल गाउँपालिका(६ पटेर्वास्थित सडकमा हाल नम्बर नखुलेको अटोको ठक्करबाट पैदलयात्री रौतहट मौलापुर नगरपालिका(७ पिपरिया बस्ने ४५ वर्षीय भिखारी मुखियाको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।