काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई जितका लागि एक सय ३७ रनको लक्ष्य दिएको छ ।
टस हारी ब्याटिङको निम्तो पाएको जनकपुर बोल्ट्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रन बनाएको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा जनकपुर बोल्ट्सका लागि कप्तान अनिलकुमार साहले ४५ रनको योगदान गरे।
ओपनर ब्याट्सम्यान अनिलले ३९ बलको सामना गरी चार छक्का र एक चौका पनि हिर्काए ।