ट्रेन्डिङ

फास्ट ट्रयाकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुर । फास्ट ट्रयाकमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । निर्माणाधीन तराई–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ झाक्रीडाँडा नजिक निर्माणाधीन सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा टिपर चालक चितवन घर भएका सानु लो तामाङ रहेका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाए ।

हात्तीसुडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्रावेल लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खोल्सामा खसेको उनले बताए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै