बारा । करेन्ट लागेर बारामा एक जनाको मृत्यु भएको छ । फेटा गाउँपालिका वडा नम्बर १ अकवनियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
करेन्ट लागेर स्थानीय ४० वर्षीया लिलावती देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई हिजो दिउँसो खेतमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज बीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।