ट्रेन्डिङ

सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङको मुख्य टनेल ८२४/८१ मिटर खन्ने काम सकियो

काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङको मुख्य टनेल ८२४।८१ मिटर खन्ने काम सकिएको छ । कुल १ हजार १ सय २६ मिटर लामो यो सुरुङ निर्माणको कामले पछिल्लो समय गति लिएको छ ।

सिद्धबाबा सुरुङ आयोजनाका अनुसार उत्तरतर्फबाट ३६८।०९ मिटर र दक्षिणतर्फबाट ४५६।७२ मिटर सुरुङ खनिएको छ । सुरुङमा लाइनिङको काम भने अझै थालिएको छैन । यहाँ सुरुङ बाहेक तीन बाइपासको काम जारी छ ।

पछिल्लो अपडेट अनुसार प्रोटेक्सन वर्कतर्फ दक्षिणमा १ हजार ४ सय ९५ वर्गमिटरको काम भएको छ । २ हजार ३ सय वर्गमिटरमा काम हुँदैछ । उत्तरतर्फ १ हजार १ सय वर्गमिटरमा प्रोटेक्सनको काम हुने लक्ष्य रहेकोमा ४ सय ९५ वर्गमिटर भइसकेको छ ।

विभिन्न पूर्वाधार निर्माणको भौतिक प्रगति ३३।५९ प्रतिशत पुगेको छ । यस आयोजनाको वित्तीय प्रगति ३२।२ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै