ट्रेन्डिङ

मृतकको पैसा नदिएर कर्मचारीलाई थाइल्यान्ड भ्रमण गराउने बाराको एशियन लाईफ ईन्स्योरेन्समा तालाबन्दी 

बारा । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कलैया शाखामा आज पिडितहरुले तालाबन्दी गरेका छन् ।

बिमा गराउन अनेकौँ योजना बताउने तर बिमितको देहान्तपछि दाबी भुक्तानीमा विभिन्न आनाकानी गरि थप पीडा दिएकाले आफुहरुले तालाबन्दी गरेको पिडितको गुनासो छ ।

बाल एकताका सन्चालक प्रबन्ध निर्देशक सुमोध सरार्फका अनुसार कम्पनिका सिईओ दिनेशलाल श्रेष्ठले बिमितको समस्या नसुनी पिडामात्र दिएका छन् ।

उनी भन्छन्, ‘हामीहरुले कम्पनीबाट बिमा गरायौँ, तर पैसा लिनका लागि बिमा प्राधिकरणमा मुद्दा गर्न भनेर कम्पनीले नै  निबेदन दिन लगायो । अहिले प्राधिकरणको आदेश नआएसम्म पैसा पाइदैन भन्छन् । सोही कारण बाध्य भईर हामी तालाबन्दीमा उत्रिएका हौँ ।’

स्वर्गीय रुपेश स्वर्णकारकी श्रीमती संगीता साहले एशियन लाइफमा विश्वास गरेर बिमा गराएको भएपनि कम्पनीले आफूहरुलाई ठगेको आरोप लगाइन ।

गत आवको बैशाख ३१ गते बिमा प्राधिकरण प्रादेशिक कार्यालय बीरगन्जमा निवेदन दर्ता गराएको बताउँदै प्राधिकरणले समेत आफूहरुको समस्या समाधानका लागि बेवास्ता गरेको गुनासो गरिन् ।

घटनाको डेढ बर्ष हुन लाग्दा कम्पनीका अध्यक्ष दिपकलाल श्रेष्ठलाई समेत हारगुहार गरेको उनको भनाई छ । कम्पनीको चरम लापरबाहीको विरोध गर्दै तालाबन्दी गरेको जनाउँदै उनले अब आफुहरुले न्यायका लागि प्रहरीको ढोका ढक्ढक्याउने बताइन् ।

पिडितको पैसा नदिने तर आफ्ना कर्मचारीलाई त्यही बिमा गराएको पुरस्कार स्वरुप अन्तराष्ट्रीय भ्रमण गराउन थाइल्यान्ड घुमाउन गएको कम्पनीमा बिमा गराएका अन्य बिमितले झनै आक्रोश पोखेका छन् ।

यता कम्पनीका सिईओ श्रेष्ठले मृत्यु दाबी भुक्तानीका लागि बिमा प्राधिकरणले अहिले मुद्दा बिचाराधिन भएको पत्रचार गरेका कारण पैसा रोकिएको बताए ।

कलैया शाखा प्रबन्धक तथा सिम्रौनगढ उपशाखा प्रमुख भने बिमितको पैसा मगाउन भन्दा थाइल्यान्ड भ्रमणका लागि अहिले काठमाडौ बसिरहेका आरोप छ ।

स्वर्गीय रुपेश कुमार स्वर्णकारले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी कलैया शाखामा २०७७/चैत्र ३१ गते ५ लाखको बार्षिक धनलाभ बिमा गराएका थिए । ८३२१०००१५९२ बिमा लेख नम्बर रहेको उनको मृत्यु दाबी भुक्तानी कम्पनीले नगरिदिदा अन्य बिमितहरु समेत त्रसित भएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै