मकवानपुर । मकवानपुरबाट प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ४० वर्षका युवराज गुरुङ रहेका छन् ।
उनी मकवानपुर जिल्ला अदालतले चेक अनादर मुद्दामा जरिवाना सुनाएपश्चात फरार भएका थिए । जिल्ला प्रहरी तथा मातहतका प्रहरी कार्यालयबाट खटिएका टोलीले लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकालाई मकवानपुर जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।