ट्रेन्डिङ

सर्वोच्च अदालतमा कालो रङ छ्यापेको आरोपमा एक जना पक्राउ

काठमाडौं । सर्वोच्च अदालतको मुल गेट नजिकैको बोर्डमा कालो रङ छ्यापेको आरोपमा एक जना पक्राउ परेकी छन् । मंगलबार अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा प्रहरीले बिनु यादवलाई पक्राउ गरेको हो ।

पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ ।

यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए ।

अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।

यसअघि यादव आमरण अनशन पनि बसेकी थिइन् । सरकारसँग पाँच बुँदे सहमति भएपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०८० जेठमा जुस पिलाएर अनशन तोडाएका थिए ।

सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्दामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने उल्लेख थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै