ट्रेन्डिङ

कुनै पनि उडान प्रभावित नपार्न विमान चालकहरुलाई आग्रह

काठमाण्डौँ । विमान चालकहरुलाई कुनै पनि उडान प्रभावित नगर्न आग्रह गरिएको छ । नेपाल वायु सेवा निगमले यस्तो आग्रह गरेको हो ।

आइतबार सूचना जारी गर्दै निगमले निगममा कार्यरत पाइलटहरुको सेवा सुविधा बढाउने सम्बन्धमा निगम व्यवस्थापनको तर्फबाट विभिन्न चरण र मितिहरुमा आवधिक जानकारी गराइराखिएको जनाउँदै निगमले यस सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र सचिवसमेत निरन्तर लागि परिरहनु भएको जनाएको छ ।

सो विषयमा आइतबार निगमका कार्यकारी अध्यक्षले आफ्नो सचिवालय र बजार व्यवस्थापन विभागका निर्देशकसहित अर्थमन्त्री र पर्यटनमन्त्रीसँग छलफल गरेको गर्नुभएको निगमले जनाएको छ । छलफलमा चालकहरुका (क्याबिन क्रु) मागका सम्बन्धी अर्थमन्त्री सकारात्मक रहनुभएको र पर्यटनमन्त्रीले समस्या समाधानका लागि पहल गरिरहनुभएको सूचना जनाइएको छ ।

पाइलटहरुले नियमति उडान नगर्दा निगमलाई आर्थिक नोक्सानी मात्र नभई निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको बताउँदै यसलाई निगम व्यवस्थापनले गम्भीर रुपमा लिएको र निगमलाई पर्ने आर्थिक लगायत सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमानुसार हुने समेत सूचनामा भनिएको छ ।

निगमका क्याबिन क्रुहरुले विगत केही महिनादेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै