ट्रेन्डिङ

नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ ।

अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए ।

एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै पर्यटन प्रवर्द्धन पनि गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै