ट्रेन्डिङ

राहदानी विभाग परिसरभित्र फोटो/भिडियो खिच्न रोक

काठमाण्डौँ । राहदानी विभागले विभाग परिसरभित्र सञ्चारमाध्यमलाई फोटो/भिडियो खिच्न रोक लगाएको छ ।

पाँच दिनदेखि सेवा अवरुद्ध भएकोबारे समाचार संकलन गर्न गएका पत्रकारहरुलाई विभागले फोटो/भिडियो खिच्न रोक लगाएको हो ।

त्रिपुरेश्वरस्थित विभागका महानिर्देशक तिर्थराज अर्यालले भवनको, कर्मचारीको र मुख्य गेटको फोटो/भिडियो खिच्न निषेध नगरेको तर कार्यालयमा आएका सेवाग्राही देखिने गरी दृष्य कैद गर्न नपाइने बताए ।

उनका अनुसार सेवाग्राहीले आफ्नो अनुहार मिडियामा आयो भनेर गुनासो गर्नुहुन्छ, त्यही भएर सेवाग्राही देखिने गरी फोटो/भिडियो खिच्न नपाउने उनको भनाइ छ ।

हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो ।

१० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै