ट्रेन्डिङ

जब प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकले सामूहिक राजीनामा दिए….

महोत्तरी । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालका चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन् । अस्पतालमा तीन जना चिकित्सकहरुले सामूहिक राजीनामा दिएका हुन् ।

एकैपटक तीन जना डाक्टरले राजीनामा दिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । चिकित्सक अभावमा सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ ।

तलब, भत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको चिकित्सकको भनाइ छ ।

अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकको माग बेवास्ता गरेको स्थानीयको आरोप छ ।

उक्त अस्पतालमा दैनिक दुई सय बिरामी आउने गरेका छन् । विशेषज्ञ डाक्टर नहुँदा सेवा लिनबाट वञ्चित बनेको सेवाग्राहीहरुको गुनासो छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या सामाधानतर्फ आफू लागेको बताए ।

उनले अस्पताल व्यस्थापन समिति, मधेस सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए । साथै उनले राजीनामा गरेका डाक्टरलाई हाललाई असारसम्मको तलबभत्ता लिएर काममा फर्कन तथा बाँकी रकम पनि यथाशक्य चाँडो व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै