बीरगन्ज । जनमत पार्टी पर्साले रंगभेद विरुद्ध एकता दिवस मनाउने निर्णय गरेको छ । जिल्ला कार्यसमिति पर्साको बैठकले यही सोमबार रंगभेदविरुद्धको एकता दिवस मनाउने निर्णय गरेको हो ।
केन्द्रिय समितिको निर्णय अनुसार जिल्ला कार्यसमितिले शनिबार एक बैठक गरी पर्सामा रंगभेदविरुद्धको एकता दिवस मनाउने निर्णय गरेको ।
जनमत पार्टी पर्साले यही १० गते घण्टाघरबाट बृहत र्याली निकालेर रंगभेदविरुद्धको एकता दिवस मनाउने निर्णय गरेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।
उनका अनुसार पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार बीरगन्जमा एकता दिवस मनाउने सर्वसम्मत निर्णय गरिएको हो ।