ट्रेन्डिङ

मणिपुरमा पून साम्प्रदायिक हिंसा भड्कियो, अनिश्चितकालिन कर्फ्यु जारी

२३ जना पक्राउ

भारतको मणिपुर राज्यमा हिंसा साम्प्रदायिक हिंसा भड्किएको छ । महिला र बालबालिकाका ६ वटा शव भेटिएपछि मणिपुरमा पून: साम्प्रदायिक हिंसा भड्किएको हो ।

शव भेटिएका मानिसहरू मैतेई समुदायका भएको अधिकारीहरूले बताएका छन् ।

मैतेई समूहका अगुवाहरूले अल्पसंख्यक कुकी समूहका मानिसले अपहरणपछि आफ्ना समुदायका मानिसको हत्या गरेको आरोप लगाएका छन् । तर प्रहरीले भने त्यसको हालसम्म पुष्टि नगरेको भारतीय सञ्चार माध्मयहरूले जनाएका छन् ।

घटनासँगै हिंसात्मक विरोध प्रदर्शनहरू भएका छन् । यसैबिच प्रहरीले पछिल्लो हिंसासँग सम्बन्धित २३ जनालाई पक्राउ गरेको जनाएको छ ।

अधिकारीहरूले मैतेईको धेरै प्रभाव रहेका स्थानमा इन्टरनेट सेवा बन्द गरिएको र अनिश्चितकालिन कर्फ्यू लगाइएको जनाएका छन् ।

प्रदर्शनकारीहरूले शनिवार केही विधायकहरूको घर र कार्यालयमा तोडफोड र आगजनी गरेका जनाइएको छ । त्यस्तो तोडफोडका धेरैजसो निसाना सत्तारुढ भारतीय जनता पार्टी भाजपाका विधायकका घरहरू थिए ।

स्थिति अशान्त भएपछि संघीय सरकारले उच्च सुरक्षा अधिकारीहरूलाई मणिपुर पठाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

केन्द्रीय गृहमन्त्री अमित शाहले आइतवार मणिपुरको अवस्थालाई लिएर उच्चस्तरीय सुरक्षा बैठक बोलाएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै