ट्रेन्डिङ

सप्तरीमा सुरक्षा विपद् सम्बन्धि सचेतना तथा अन्तक्रिया सम्पन्न, कसले के भने ?

सप्तरी । मधेस प्रदेश सरकारस्थित गृह मन्त्रालयको आयोजनामा सुरक्षा विपद् सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाको मिथिला होटल एण्ड पार्टी प्यालेसमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।

गृहमन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको कार्यक्रममा सप्तरी जिल्लाभरका विधालयमा अध्ययनरत कक्षा ९ देखि कलेज तह सम्मका करीब ७ सय विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले आजका युवा र विद्यार्थी भोलिका कर्णधार भएकोले युवा र विद्यार्थीले अनुशासन र समयको सदुपयोग गर्दै कुलत र दुर्व्यसनबाट टाढा रहनुपर्नेमा जोड दिए । युवाहरुले मोबाइल फोनलाई शिक्षण सिकाईमा प्रयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा मधेस प्रदेशका नीति आयोगकी सदस्य डा. शिला मिश्रले हाम्रो समाजमा दाइजो प्रथा हावी रहेको भन्दै दाईजोबिनाको विवाह गर्ने संकल्प लिनुपर्ने प्रस्ट्याइन ।

कार्यक्रममा आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले लागूऔषध, हिंसा, मानसिक समस्या दाइजो लगायत सचेतना एवम् संदेश मुलक भिडिओ प्रदर्शन गरेका थिए ।

सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले लागूऔषध दुर्व्यवसनी र साइबर क्राइमबाट आउने समस्या र कानूनी सजायको बारेमा वृत्तान्त सुनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कुमार कर्णले, सशस्त्र प्रहरी बल २ नम्बर छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओली, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक भिमकिरण बोगटीले आ-आफ्नो धारणा राखे ।

कार्यक्रममा  गृह, सञ्चार  तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल, सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, सप्तकोशी नगरपालिकाका प्रमुख कृष्ण ढकाल लगायतका स्थानीय जनप्रतिनिधिहरु उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै