ट्रेन्डिङ

मधेसका पूर्व मुख्यमन्त्रीले गरे बीरगन्जमा ‘नारायणी स्पोर्ट्स क्लव’ को उद्घाटन

बीरगन्ज । मधेस सरकारका पूर्व मुख्यमन्त्री लालबाबु राउतले ‘नारायणी स्पोर्ट्स क्लव’को उद्घाटन गरेका छन् ।

बीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित कुम्हालटोलमा निर्मित ‘नारायणी स्पोर्ट्स’ क्लवको  उद्घाटन गरेका हुन् ।

शनिबार नवनिर्नित भवन परिसरमा एक कार्यक्रमको आयोजना गरी उनले भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेकपा एमालेका बाबुजान अल्ली, पत्रकार लालबाबु शेष, वडाध्यक्षहरु जयप्रकाश साह, रितेश गुप्ता, प्रशुराम चौरसिया, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, युवा नेता ललन सिंह, लालबाबु आलम, प्रवेज अखतर, प्रभाकर गुप्ता, सुनिल शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै