वीरगन्ज। उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औँ केन्द्रीय वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगन्नको होटल भिस्वामा साधारण सभा अन्तर्गत पहिलो दिन अर्थात् शुक्रबार खुल्ला सत्र सम्पन्न भएको हो ।
व्यवसायमा मानवअधिकार र उपभोक्ता सरोकार मुल नारा सहित कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा देशभर हुने ठगी धन्दा, स्वास्थ्यमाथिको खेलवाड, गुणस्तरहीन खाद्य सामग्री वितरण र सरकारको अप्रभावकारी अनुगमन लगायतका विषयमा चर्चा गरिएकाे थियाे।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगन्जमा हुने गुणस्तरहीन कार्य, ठगी धन्दा र स्वास्थ्य समस्याको बारेमा आफु सजग रहेको बताए ।
जिल्लाका कुनैपनि स्थानमा गुणस्तरहीन खाद्य सामग्री वितरण नहोस्, उपभोक्ता ठगीमा नपरुन् भन्ने उद्देश्यले अघि बढेको बताए ।
पछिल्लो समय मिठाई, खानेकुरा, फलफूल तथा स्वास्थ्य क्षेत्रमा हुने गरेका ठगी र गुणस्तरहीन कामको आलोचना गर्दै आगामी दिनमा यसलाइ रोक्न प्रभावकारी भूमिका निवार्ह गर्नुपर्नमा सरोकारवाले जोड दिए ।
साधारण सभामा विभिन्न जिल्लाका उपभोक्ता संरक्षण मञ्चका पदाधिकारीहरु एवम् सन्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।